नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन



काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोलालगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।


खोला नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग छ । उक्त फैसला कार्यान्वयनमा गएमा आफूहरुको उठीबास हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here