ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)



काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा हनुमानढोका कालभैरवअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ ।

यससँगै उपत्यकामा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आजबाट नै काठमाडौंको विभिन्न टोलबाट देवगणहरू बाहिर निकाल्ने गरिन्छ ।


वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । असोज १ गते मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु गरिन्छ ।

इन्द्रजात्रा देवी देउताहरूको जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here