द्वन्द्वकालमा बालबालिकाको प्रयोगविरुद्धको रिटलाई सर्वोच्चले दियो अग्राधिकार



काठमाडौं । सर्वोच्च अदालतले माओवादी द्वन्द्वकालमा बालबालिकाको प्रयोगविरुद्धको रिटलाई अग्राधिकार दिएको छ । अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै विपक्षीलाई झिकाउने आदेश दिएको हो ।

अधिवक्ताद्वय बस्नेत र मास्केले भदौ २८ गते रिट दर्ता गरेका थिए । रिटमा २०५२ फाल्गुण १ देदि २०६३ मंसिर ३ गतेसम्म चलेको माओवादी द्वन्द्वलाई हिंसा र हत्याको राजनीति भन्दै बालबालिकाहरुको प्रयोगलाई ’युद्ध अपराध’ घोषित गर्न माग गरिएको छ ।


अन्तर्राष्ट्रिय मानवीय कानुनले १५ वर्ष मुनीका बालबालिकालाई युद्ध, सुराकीलगायतका कार्यमा लगाउन बन्देज गरेको छ । यसरी बालबालिका प्रयोग भए, गरे युद्ध अपराध मानेको छ ।

यस्तो छ रिट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here