देश र जनताका निम्ति काम गरौँः उपराष्ट्रपति यादव



नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् ।

शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उपराष्ट्रपतिले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “समाजिक कार्य र धार्मिक उत्सवहरुमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।”


देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

उपराष्ट्रपतिले भने, “देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।” विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here