देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा



काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसले गर्दा विभिन्न स्थानमा अझै पनि वर्षा भइरहेको छ । वर्षासँगै नदीहरूको जलस्तर बढ्दो छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे ६ स्थानमा नदीहरूको जलस्तर खतराको तहभन्दामाथि रहेको छ । हाल काठमाडौँको बालकुमारीस्थित मनोहरा खोलामा जलस्तर खतराको तहमा रहेको छ । यहाँ जलसतह बढ्दो क्रममा छ ।


त्यस्तै, ललितपुरको खोकनामा पनि बागमतीको जलस्तर खतराको तहमा रहेको छ । यद्यपि, यहाँ भने जलस्तर घट्दो क्रममा छ ।

यसबाहेक धनकुटामा अरुण नदी, सिन्धुलीमा सुनकोशी नदी, भोजपुरमा सुनकोशी नदी र धनकुटामा तमोर नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ ।

यता, मकवानपुरको भोर्लेनीमा बागमती नदीको जलस्तर बढ्दो क्रममा रहेको छ । त्यहाँ चेतावनी जारी गरिएको छ । सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर पनि चेतावनीको तहमा रहेको छ ।

r

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here