दूरसंचार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध



काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । प्राधिकरणले औपचारिकरुपमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि शुक्रबारदेखि सेवा प्रदायकले टिकटकमाथिको प्रतिबन्ध हटाएका छन् ।


औपचारिकरूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here