काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ ।
सर्लाहीमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले गाली बेइज्जती मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो ।
प्रसाईंसहित उनका बडीगाड जीवन पाण्डे, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।