‘दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस्’



गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिएका छन् ।

उनले संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जनताको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालमा संविधान जारी भएकाले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न आग्रह गरे ।


‘नेपाली जनताले पटक–पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो ऐतिहासिक दिवसले सुदूरपश्चिम प्रदेश दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here