तनहुँको आबुखैरेनीमा बस दुर्घटना हुँदा १५ जना घाइते



दमौली । तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–वडा नम्बर २ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।

बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here