हरितालिका तीज : पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो



काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा व्रतालुहरू पानीको परवाह नगरी नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्नेहरुको घुइँचो देखिन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।


यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ ।

यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा गएर पूजा गरिरहेका छन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर सुखदुःख भावका गीत र भजन गाउँदै नाचगान गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here