जाजरकोटमा वडासदस्यसहित दुईजना पहिरोमा पुरिए, उद्दारको प्रयास हुँदै



काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनकी श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here