जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उनले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे ।


ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गरे । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । उनले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here