जनताका अपेक्षाअनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेल काठमाडौँ, २८ साउनः राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’ लाई सम्बोधन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास मुख्य कारण भएको बताएका छन् ।

बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर, कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।’ 


उनले सिद्धान्तमा सम्झौता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै बीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे । उनले भने, ‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन्, जुन हाम्रा लागि सधैँ प्रेरणाका रूपमा रहिरहनेछ ।’ 

कार्यक्रममा जननायक बीपी कोइराला स्मृति ट्रस्टद्वारा हरेक वर्ष प्रदान गरी साहित्य साधनामा आफ्नो जीवन अर्पण गरेका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई १ लाख १ हजार राशिको र बीपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई ५१ हजार राशि प्रदान गरिएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here