घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार  स्थानीय बजारमा सुनकाे मूल्य तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ।


यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here