गोर्खा मिडियामा अन्यले सरकारीको रकम ल्याएर गरेको बदमासीको भारी मैले बोक्नुपर्दैन : रवि लामिछाने



सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् ।

सोमबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताएका हुन् । यसअघि लामिछानेले आफूलाई यो विषयमा केही थाहा नभएको बताउँदै आएका थिए ।


उनले भने, ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो । अनुसन्धानले पनि देखाइसकेको छ ।’

तर उनले यसमा आफू संलग्न नरहेको जिकिर गरे । ‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नुपर्छ । मैले कहाँ तिर्न जाने भन्नुपर्यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन ।’

उनले संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी पनि रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here