गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो



गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको संख्या ३७ पुगेको छ । चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (वाफा) लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।

गाजामा ५० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनिय रहेको चेतावनी दिएको छ । गाजापट्टीका बासिन्दाहरूले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here