खोलामा हामफालेका राजवंशीको शव भेटियो



भद्रपुर (झापा) । जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा हामफालेका ५५ वर्षीय केनालाल राजवंशीको शव फेला परेको छ ।

हिजो साँझ खोलामा हामफालेका राजवंशीको शव आज साँझ सोही खोलाको दुई किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनकानुसार निजको श्रीमतीले शव पहिचान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here