कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीले लिए शपथ



काठमाडौं । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


त्यस्तै, खगेनसिंह हाङगाम उद्योग कृषि तथा सहाकारी मन्त्री बनेका छन् । सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here