कुटी र धर्मशालामा बस्नेको उद्धार



चितवन । नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ ।

गएराति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here