कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा



काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।

कांग्रेस र एमालेले बनाएको संयुक्त कार्यदलले बुधबार बेलुका मस्यौदा हस्तान्तरण गरेको हो । मस्यौदामा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको छ ।


मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ । मस्यौदा हस्तान्तरणपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको जानकारी दिए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्तासहकार्य गर्ने सहमति भएसँगै असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो । सरकार गठनको लामो समय भइसक्दा पनि सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here