काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन



काठमाडौं । काठमाडौं बाहिरका विभिन्न आठ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो । आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो ।


“साँझ ६ बजेसम्म काठमाडौँबाहिराका छ विमानस्थलमा मात्रै उडान खुलाइएको थियो । ६ बजेपछि काठमाडौँबाट सबै आइएफआर उडानयोग्य विमानस्थलमा उडान सञ्चालन गर्न दिने निर्णय भएको छ”, प्रवक्ता भुलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here