काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता



काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

आज साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


आज साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।