कांग्रेस संसदीय दलको बैठक मङ्गलबार



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ ।


उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here