कांग्रेस उपसभापति गुरुङ र उनकी श्रीमतीमाथि सहकारी ठगीको आरोप, सीआईबीमा उजुरी



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।


धनराज र ज्योति श्रीमान÷श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैया अपचलन गरेको आरोप छ । कांग्रेसनिकट स्रोतका अनुसार सोही मामिला मिलाउनका लागि धनराज र ज्योतिले अहिले सम्बन्धविच्छेद गरिसकेका छन् । ज्योति अहिले फरार रहेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here