कर्णाली राजमार्ग पुनः अवरुद्ध



जुम्ला। कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

राजमार्गको कालीकोट खण्ड अन्तर्गत शुभकालीका गाउँपालिका–१ को जितेगाडा नजिकै, एसमोड र गगनेखोलामा आएको पहिरोले  कर्णाली राजमार्ग अवरुद्ध भएको हो।


बुधवार साँझदेखिको वर्षाले सडकमा पहिरो खस्दा सवारी आवतजावत समेत रोकिएको  प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए।

सडक अवरुद्ध भएपछि सवारीसाधन बाटामै रोकिएका छन्। गएरातिको वर्षाले गगने खोलाले  सडक समेत बगाएको प्रहरी जनाएको छ।

अवरुद्ध सडक खोल्न सडक डिभिजन र प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here