एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आज मध्याह्न १२ः३० बजे बस्नेछ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने छ ।

एमाले पोलिटब्युरोको भदौ १८ र १९ गते बसेको बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here