एनपीएलको ८ टिमका लागि मार्की खेलाडी छनोट



काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की खेलाडी छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की खेलाडी छनोट गरेका हुन् ।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् । यस्तै, टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहित पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन् ।


एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ । एनपीएल २०२४ को खेल ३० नोभेम्बरदेखि सुरु हुनेछ र २१ डिसेम्बरसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here