एक वर्ष भित्र सबैका घरघरमा विद्युत पुर्‍याइने : ऊर्जामन्त्री खड्का



चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् ।  

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गरे । नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए ।  उनले भने, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।” 


विद्युतको  उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाँही समस्या आउने गरेको मन्त्री खड्काले बताए । 

मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । उनले भने, “लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानूनी बाटाहरु छन् । कानूनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।” व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदै  उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here