एक करोड खर्चेर फोहर व्यवस्थापन



बागलुङ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।


नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर सङ्कलन गर्ने तीनथरि रङका बाल्टी वितरण गर्न थालेको छभने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here