उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको निर्णयको विपक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले संसद्‍मा उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो ।


उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवालाई भिसाका लागि अन्तर्वार्ताको सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

१९ महिनाअघि लेखिएको उक्त पत्रका कारण सत्तारुढ दलले रानालाई फेरि घेरेका छन् । बुधबारको संसद् बैठकमा सत्तारुढ सांसदहरूले रानालाई मार्ग प्रशस्त गर्न भनेका छन् ।

तर माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने रानालाई नियतवश हटाउन खोजिएको भन्दै चर्को विरोध गरेका छन् । यदि रानाले राजीनामा नदिए संसद्मा दुईतिहाइ जुटाएर उनलाई हटाउने तयारी सत्तारुढ दलले गरेका छन् ।

यस्तोमा माओवादी, रास्वपा, एकीकृत समाजवादीसहितका साना दल रानाको पक्षमा उभिएका छन् । केही दिनभित्र राजीनामा नदिएमा रानालाई हटाउने अन्तिम तयारीस्वरुप कांग्रेस-एमालेले हस्ताक्षर पनि जुटाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here