उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४३ पद रिक्त छ ।


दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here