आठ वर्षीय बालक मृत फेला



राजविराज (सप्तरी) । राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् । घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here