अल जजीरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा



अल जजीरा । इजरायली सेनाले ‘वेस्ट ब्यांक’ को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । इजरायली सेनाले कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत आदेश दिएको छ ।

टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल–ओमारीलाई इजरायली सेनाले आइतबार कार्याय बन्द गर्न आदेश दिएको हो । इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो ।


त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो । गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here