अमेरिकामा अगष्ट महिनामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत



वासिङ्टन । अमेरिकामा रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो । श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमि आइ ४.२ प्रतिशत कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here