अमेरिकाको केन्टकी राज्यको लन्डन सहर नजिकै राजमार्गमा मानिसहरुमाथि गोली प्रहार



बीबीसी । अमेरिकाको केन्टकी राज्यको लन्डन सहर नजिकै एउटा राजमार्गमा कैयौँ मानिसहरूलाई गोली प्रहार गरेको घटनामा संलग्नले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट कम्तीमा ७ जना घाइते भएका छन् । तर प्रहरीले कसैको पनि ज्यान गएको जानकारीमा नआएको उल्लेख गरेको छ । केन्टकीको सिटी अफ लन्डनका मेयरले सन्दिग्ध हमलाकारी अझै फरार रहेकाले मानिसहरूलाई आफ्नो घरको ढोका लगाएर बस्न आह्वान गरेका छन् ।


प्रहरीले उक्त आक्रमणमा संलग्न भएको आशङ्कामा एक जना ३२ वर्षका व्यक्तिको नाम सार्वजनिक गरेका छन्। तर ती व्यक्ति कहाँ छन् आफूहरूलाई थाहा नभएको उनीहरूको भनाई छ ।

उक्त घटना स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे भएको थियो जतिबेला प्रहरीलाई ‘इन्टरस्टेट ७५’मा सवारी साधनहरूमाथि गोली चलेको जानकारी गराइएको थियो ।

उक्त सहरका मेयर र्यान्डल वेडलले उक्त घटनामा सातजना घाइते भएको जानकारी दिए । उनले ती सबैलाई गोली नलागेको उल्लेख गर्दै कसैले पनि ज्यान नगुमाएको पनि जनाएका छन् ।

लाउरेल काउन्टी सेरिफको कार्यालयले ३२ वर्षका जोसेफ ए काउच शङ्कास्पद व्यक्ति भएको जानकारी दिँदै उनको साथमा हतियार रहेको र उनी खतरनाक भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजमार्ग नजिक रहेको रूखहरू भएको क्षेत्र वा ओभरपासबाट गोली चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here