हेमन्त शर्माको ‘आउँथ्यो दसैं’



काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा शर्मासँगै मेलिना राईले स्वर दिएकी छन् । दसैंको उमंग र रमाइलो माहोलको कुरा गीतमा गरिएको छ ।

शर्माको संगीत रहेको गीतलाई राकेश सोनीले एरेन्ज गरेका छन् । भिडियोमा हेमन्त शर्मा स्वयंले अभिनय एवं नृत्य गरेका छन् । साथमा रजनी गुरूङ, डोना थापा मगर, ललना चिमरिया र एलिस राई पनि छन् ।


भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । यसमा पवन सुस्लिङको छायांकन, अमृत चापागाईँको सम्पादन छ।

https://www.youtube.com/embed/ezxnRgCAsK0?si=od1h3wNMM0vKTl2_

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here