हिज्बुल्लाहको ‘रकेट फोर्सेस’का प्रमुखको इजरायली कारबाहीमा मृत्यु



बीबीसी । लेबननका स्वास्थ्यमन्त्रीले आफ्नो देशमा नरसंहार भइरहेको बताएका छन् । दुई दिनदेखिका हिजबुल्लाह लक्षित व्यापक इजरायली हवाई हमलामा हताहत भएकाहरूको उच्च सङ्ख्यासँग जुझ्न अस्पतालहरूले सङ्घर्ष गरिरहँदा स्वास्थ्यमन्त्री डा. फिरास अबियादले त्यसो भनाई आएको हो ।

डा. अबियादले सोमबारको हमलामा मारिने ५५० जनामध्ये अधिकांश बालबालिका र महिलासहित सर्वसाधारण रहेका बताए । इजरायलले सयौँ हिज्बुल्लाहका निशानामा प्रहार गरेको जनाउँदै उक्त लडाकु समूहले सर्वसाधारणको बसोबास क्षेत्रमा अस्त्रहरू लुकाएको आरोप लगाएको छ ।


मङ्गलबार इजरायली सेनाले हिज्बुल्लाहको ’रकेट फोर्सेस’का प्रमुखलाई मारिदिएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहले लेबननलाई ‘खाल्टोमा जाक्ने’ बाटोतर्फ लगिरहेको जनाएका छन् ।

लेबननी स्वास्थ्यमन्त्रील पत्रकार सम्मेलनमा बोल्दै मारिने ५५८ जनामध्ये ५० जना बालबालिका, ९४ जना महिला र कैयौँ स्वास्थ्यकर्मीहरू रहेको बताएका छन् ।

लेबननमा ५० भन्दा धेरै अस्पतालमा हाल १,८३५ जना घाइतेहरूको उपचार भइरहेको उनले बताए । हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ । इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरायल, बेलायत र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here