हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एकजना विरामीको मृत्यु



ललितपुर । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एकजना विरामीको मृत्यु भएको छ । अस्पतालको तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । तामाङ काठमाडौँ महानगरपालिका–८ की स्थानीय बासिन्दा हुन् ।

तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्। अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो।