सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो। 


यस्तै सुनको मूल्य सोमबार प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here