साउन महिनामा भित्रियो एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको हो ।

साउन महिनामा मात्रै ३६ हजार ९२८ ले नयाँ र २२ हजार ६४७ जनाले पुनः गरी करिब ५९ हजार जनाले वैदेशिक राजेगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । साउनमा खुद ट्रान्सफर एक खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।


त्यस्तै साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here