सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ



काठमाडौँ । सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरेको हो ।


उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here