सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजबिन गर्न समितिको निर्देशन



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गृहमन्त्री, गृहसचिव तथा प्रहरी प्रमुखसँग छलफल गरेको छ ।

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी तथा प्रहरी प्रमुख बसन्त कुँवरसँग सहकारी ठगीमा संलग्न तर भएका फरार २८ आरोपीको खोजी कार्यको प्रगतिबारे छलफल गरेको हो ।


छलफलपछि समितिले विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन निर्देशन दिएको छ । प्रतिवेदन बुझाउन १५ दिन म्याद थप भएको समितिले प्रतिवेदनालई अन्तिम रुप दिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here