संविधान स्वीकार गर्ने हो भने जनयुद्ध पनि स्वीकार गर्नुपर्छ : झक्कु सुवेदी



काठमाडौँ । राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान स्वीकार गर्ने हो भने संविधान पनि स्वीकार गर्नुपर्ने बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले माओवादीले जनयुद्ध गरेकै कारण अहिलेको संविधान बनेको बताएका हुन् । उनले विगतमा माओवादीले भन्ने गरेको गोलमेच सम्मेलन १२ बुँदे सहमति रहेको र त्यसकै बलमा जनआन्दोलन भएको र संविधान आएको उल्लेख गरे ।