श्रीलंकामा पूर्वशिक्षाविद् हरिणी अमरसूरिया तेस्रो महिला प्रधानमन्त्रीमा मनोनीत



कोलम्बो । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री चयन गरेका छन् । उनले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

यसको साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । श्रीलंकाको इतिहासमा प्रधानमन्त्री बन्ने उनी तेस्रो महिला हुन् । दिसानायके र अमरसूर्या दुवै वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनका सदस्य हुन् ।


आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने अनुमान गरिएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ । ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ,’ पार्टीका सदस्य नमल करुणारत्नेले भनेको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ । अबको २४ घण्टाभित्र संसद् विघटन हुनसक्ने उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here