लगातार बढ्दै सुनको मूल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो



काठमाडौं। सुनको मूल्यमा लगातार वृद्धि भएको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here