रास्वपाको चेतावनीः उपसभामुख हटाउने प्रयास नगर्नु, आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने भन्दै चेतावनी दिएको छ ।

मंगलबारको प्रतिनिधिसभाबैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले केही राजनीतिक दलहरु उपसभामुख रानामाथि महाअभियोग लगाउने छलफलमा जुटेकोमा आपत्ति जनाएका हुन् ।


उनल भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् । तपाईंहरू आफैंले खनेको खाल्डोमा तपाईंहरू पर्नुहुनेछ स्मरण रहोस् । के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’

उनले उपसभामुखलाई हटाएर संवैधानिक परिषदमा बहुमत पुर्याउन खेल भएको बताए । उनले भने, ‘सम्मानित पदलाई परिषदमा बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रको मसिहा भन्ने राजनीतिक पार्टीहरूले उपसभामुख हटाउने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस् रास्वपाले राजनीतिक मुद्दा गुमाउला लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here