राष्ट्रिय सभाको रोष्ट्रमबाटै माओवादी सांसदको नारा: महान जनयुद्ध जिन्दावाद !



काठमाडौं । नेकपा माओवादीले गरेको १० वर्षे शसस्त्र संघर्ष जनयुद्ध कि हिंसा भन्ने विवाद प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा समेत पुगेको छ ।

गत भदौं १३ गते बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले सशस्य युद्धलाई हिसाको संज्ञा दिएका थिए । योगेशको सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काम गर्दै माओवादी केन्द्रले संसद्मा अवरोध गर्दै आएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक सो विषयका कारण हालसम्म पनि सुरु हुन सकेको छैन् ।


यता राष्ट्रिय सभामा माओवादी केन्द्रकी सांसद रेणु चन्दले जनयुद्धलाई अवमूल्यन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएकी छन् । आइतबार बसेको बैठकमा बोल्दै चन्दले जनताले गरेको क्रान्तिलाई हिंसाको संज्ञा नदिन चेतावनी दिईन् ।

‘हुनत गाली दिँदैमा जनयुद्धको महानता कम हुँदैन, गुलाफलाई गोपीको फूल भन्दैमा त्यसको गुण हराउँदैन । जनयुद्धलाई हिंसात्मक भन्नुस्, त्यसको महानता कम हुँदैन,’ चन्दले भनिन् । उनले महान जनयुद्ध जिन्दावाद भन्दै रोष्ट्रमबाटै नारासमेत लगाएकी छन् ।

‘हिंसा कसले गर्‍यो ? जनप्रतिनिधिले टेबल ठटाएर संकटकाल लगाउनु हिंसा गरेको हो कि जनसेवा गरेको हो ? । आन्दोलनमा लागेका मान्छेको टाउकाको मोल तोक्ने हिंसा हो,’ चन्दले भनिन्, ‘जनयुद्ध महान थियो र रहिरहने छ । महान जनयुद्ध – जिन्दावाद ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here