राप्रपामा लाग्दा कसैलाई पश्ताचाप हुँदैनः अध्यक्ष लिङ्गदेन



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सोमबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले ८० बर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उनीहरुको ठूलो योगदान रहेको बताए ।


उनले भने, “मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ।” अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु रहेकाले पार्टीमा लाग्दा कोही कसैलाई कुनै पश्ताचाप नहुने विचार राखे ।

उनले पार्टीलाई शक्तिशालीे बनाउन गाउँगाउँमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिए । पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्न अहिलेदेखि जनताका ज्वलन्त समस्या उठान गर्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा एक सय ७५ पार्टीका ज्येष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here