युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु



किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताएका छन्।

सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ किभले गत अगस्ट मा रूसमा “बफर जोन“ सिर्जना गर्ने उद्देश्यले आक्रमण सुरु गरेको थियो ।


युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लिमेन्कोले टेलिग्राम मार्फत सुमीका अस्पतालमा रूसले दुई पटक आक्रमण गर्दा आलसम्म एकजना प्रहरीसहित छ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

पहिलो आक्रमणमा “एक जनाको ज्यान जानुका साथै अस्पतालको संरचनामा क्षति पुर्याएकाले बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्न थालेको क्लिमेन्कोले जनाएका छन्।

बिरामीहरूलाई स्थानान्त्रण गर्ने क्रममा भएको दोस्रो प्रहारले एक जना प्रहरी घाइते भएको जनाइएको छ ।

सुमीको क्षेत्रीय प्रशासनले टेलिग्राम मार्फत दुवै आक्रमणमा ड्रोनहरू समावेश भएको जनाएको छ । दोस्रो रूसी आक्रमणले आवासीय क्षेत्रमा प्रहार गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here