मध्य मेक्सिकोमा पहिरोमा परी १५ जनाको मृत्यु



मेक्सिको सिटी । मध्य मेक्सिकोमा दुईवटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । पहिलो विपत्ति शनिबार राजधानी नजिकैको सान लुइस अयुकान गाउँमा भएको राष्ट्रिय नागरिक सुरक्षा निकायले जनाएको छ । पहिरोले बगाएको माटोको ढिस्कोबाट नौ जनाको शव फेला परेको छ भने स्निफर कुकुरको सहयोगमा उद्धार टोलीले तीन जनालाई बचाउन सफल भएको छ ।

त्यही दिन एक शिशुको मृत्यु भएको पुष्टि भएको थियो । तर यो मृत्यु हुने नौ जनामा हो वा होइन भन्ने स्पष्ट भएको छैन । गाउँका झण्डै एक सय ५० मानिस आफ्नो घरबाट विस्थापित भएका छन् र अहिले आश्रयमा बसिरहेका छन् ।


त्यसपछि सोमबार भारी वर्षाका कारण अर्को पहिरोले नजिकैको नगरपालिका नौकाल्पनमा एउटा घर पुरेको राष्ट्रिय नागरिक सुरक्षा एजेन्सीले सामाजिक सञ्जाल एक्समा बताएको छ । स्थानीय अधिकारीहरूले घरमा फसेका एकै परिवारका छ सदस्यको मृत्यु भएको र अन्य तीन जना घाइते भएको पुष्टि गरे ।

मेक्सिकोमा विशेषगरी मेदेखि नोभेम्बरसम्म चल्ने वर्षा र आँधीको मौसममा पहिरो जानु सामान्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here